Email :76
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ ।
आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ ।
यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ ।














Comments are closed