Shopping cart

  • Home
  • राजनिती
  • पर्वतमा ‘एग्रो–टुरिज्म सर्किट’ बनाउने नेकपा उम्मेदवार तिमिल्सिनाको घोषणा
देश

पर्वतमा ‘एग्रो–टुरिज्म सर्किट’ बनाउने नेकपा उम्मेदवार तिमिल्सिनाको घोषणा

Email :20

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरि तिमिल्सिनाले आधुनिक कृषि र पर्यटन, गुणस्तरीय शिक्षा व्यवस्था, सर्वसुलभ स्वास्थ्य सेवा, सडक र यातायात विकासका लागि प्रतिबद्धता गरेका छन् । त्यस्तै, स्वच्छ ऊर्जा उत्पादन, सिँचाइ तथा भूसंरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन, डिजिटल पर्वत निर्माण र समान समावेशीकरणमा उनले जोड दिएका छन् । रोजगारी सिर्जना र उद्यमशीलता, खनिज सम्पदाको व्यवस्थित उपयोग र सांस्कृतिक विरासतहरुको संरक्षणलाई पनि उनले आफ्नो प्राथमिकताको सूचीमा राखेका छन् ।

तिमिल्सिनाले कफीबारी, सुन्तलाबारी, ग्रामीण बस्ती र प्राकृतिक दृश्यलाई जोडेर ‘एग्रो–टुरिज्म सर्किट’ बनाउने प्रतिबद्धता गरेका छन् । उनले सामुदायिक होमस्टेहरुलाई थप सुविधायुक्त बनाउने उनको प्रतिबद्धता छ । उच्च भेगमा आलुको बीउ, स्याउ÷ओखर, मध्य भेगमा सुन्तला, कफी, अलैँची आदि पकेट क्षेत्रमा वैज्ञानिक माटो परिक्षणका आधारमा विकास गर्ने पनि उनले बताएका छन् । उनले एक पालिका÷वडा–एक विशेष उत्पादन गर्ने नीति लिने पनि बाचा पत्रमार्फत् उल्लेख गरेका छन् ।

उनले विद्यार्थी संख्याका आधारमा विद्यालय एकीकरण गरी ठूला आवासीय विद्यालयको स्तरमा विकास गर्ने, हरेक मुख्य केन्द्रमा स्मार्ट कक्षाकोठा स्थापना गर्ने, मावि तहमा इलाइब्रेरी, आइटी ल्याब निर्माण गरी गणित र विज्ञानमा एआइमा आधारित सिकाइ टुलको प्रयोग गर्ने भनेका छन् । तिमिल्सिनाले जिल्ला अस्पताललाई प्रदेश÷केन्द्रीय अस्पतालसँग जोडी टेलिमेडिसिन सेवा सुरु गर्ने र मोबाइलबाटै विशेषज्ञ डाक्टरसँग परामर्श लिन सकिने एपको विकास गर्ने पनि उनको भनाई छ । प्रत्येक गाउँपालिकामा आधुनिक स्वास्थ्य चौकी र ल्याबको स्तरोन्नति गर्ने पनि उनको प्रतिबद्धता छ । सबै पालिकाका केन्द्रहरुलाई बाह्रमासे सडकले जोडने बताइएको छ ।ं

तिमिल्सिनाले जिल्लाभरी फाइबर अप्टिक इन्टरनेट विस्तार गरी डिजिटल पर्वत फ्रेमवर्क लागु गर्ने भनेका छन् । युवाहरुलाई डिजिटल रोजगारी सिर्जना गर्न आईटी पार्क स्थापना गर्ने र प्रत्येक पालिका केन्द्रमा ई लाइब्रेरी फ्री वाइफाई निर्माण गर्ने उनको भनाई छ ।

Comments are closed

Related Post