Shopping cart

  • Home
  • समाज
  • नेपाली समाजको वर्तमान संकटको जड धार्मिक विकृति हो
देश

नेपाली समाजको वर्तमान संकटको जड धार्मिक विकृति हो

Email :105

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव ई। हरि मल्लले धर्म र पर्व विग्रिएपछि देश विग्रिएको टिप्पणी गर्का छन् ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समाजको वर्तमान संकटको जड धार्मिक विकृतिमा रहेको दाबी गर्दै धर्म र पर्व विग्रिएपछि देश विग्रिएको बताए । उनले देश सुधार गर्न सर्वप्रथम चाडपर्व सुधार आवश्यक रहेको उल्लेख गरे।

 

मल्लका अनुसार अहिले नेपाल राजनीतिक र आर्थिक कारणले मात्र होइन, धर्म र सांस्कृतिक अभ्यास बिग्रिएको कारण गम्भीर संकटमा फसेको छ। “दिमाग चन्द्रदेवबाट र मुटु सूर्यदेवबाट निर्देशित हुन्छ,” भन्दै उनले चाडपर्व वैज्ञानिक प्रकृतिसँग जोडिनुपर्नेमा जोड दिए। यस क्रममा उनले हाल मनाइँदै आएका धेरै पर्व वास्तविक खगोलीय गणनाअनुसार नभएकाले करिब एक महिना अघि सार्नुपर्ने तर्क प्रस्तुत गरे ।

 

पत्रकार सम्मेलनमा “पर्व सुधार के होरु”, “पर्व सुधार किन आवश्यक छ रु”, “धार्मिक पक्षका कमजोरीहरू”, “पर्व कसरी सुधार गर्ने रु”, “छाया नाप्ने विधि”, “फलित ज्योतिष”, “संक्रान्ति र पूर्णिमाबीचको १८० डिग्री सम्बन्ध” तथा “ विश्वमा पर्व सुधारको इतिहास” जस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो।

 

मल्लले दरबार हत्याकाण्डजस्तो राष्ट्रिय दुर्घटना पनि गलत समयमा पर्व मनाउँदा उत्पन्न भएको नकारात्मक ऊर्जाको परिणाम भएको जिकिर गरे । साथै, पृथ्वी नारायण शाहले रिती थिती सुधार गर्न नसकेकोमा पश्चात्ताप गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै उनले आजको नेतृत्वले त्यो अधुरो काम पूरा गर्नुपर्ने बताए।

 

सरकारले प्रारम्भिक समर्थन जनाए पनि पर्व सुधारका प्रस्तावहरू कार्यान्वयनमा लैजान नसकेको गुनासो गर्दै मल्लले राजनीतिज्ञहरूको समर्थन रहे पनि निरन्तर आन्दोलन र दबाब बिना सुधार सम्भव नहुने धारणा राखे । उनले राष्ट्र सुधारका लागि नागरिक, सरकार र धार्मिक संस्थाहरू मिलेर वैज्ञानिक र व्यवहारिक पर्व प्रणाली अपनाउन आग्रह गरे ।

Comments are closed

Related Post