Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आज खलंगा बजारमा मोटरसाइल र्‍याली गर्दै
देश

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आज खलंगा बजारमा मोटरसाइल र्‍याली गर्दै

Email :133

रुकुम पश्चिम ।  नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० रुकुम पश्चिमले आज खलंगा बजारमा मोटरसाइल र्‍याली गर्ने भएको छ ।

यही पुस २६ गते मुसिकोट नगरपालिका १ बराहाटाकुरामा हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्न लागिएको नेकपाले जनाएको छ ।

नेकपाको एकता सन्देश सभाको विषयमा जानकारी गराउन बुधबार प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले आयोजना गरेको संयुक्त पत्रकार भेटघाट गरेको थियो ।

मोटरसाइल र्‍याली आज बिहीबार दिउँसो १२ बजे मुसिकोट नगरपालिका ३ माछमीबाट, सेरिगाउँ, सितपोखरी र पुनः सेरिगाउँ, बागबजार हुँदै सल्लेसम्म मोटरसाइकल र्‍याली आयोजना गरिने नेकपाका नेता बसन्तकुमार शर्माले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपाका नेताहरू वसन्त कुमार शर्मा, गोपाल शर्मा, सुरज परियार, सचिन रोका लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर रुकुम पश्चिमका संयोजक प्रचण्ड खत्रीले गरेका थिए ।

Comments are closed

Related Post