Shopping cart

  • Home
  • राजनिती
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा इदउलफित्रको शुभकामना
देश

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा इदउलफित्रको शुभकामना

Email :31

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा भन्नुभएको छ, “इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल फित्रको शुभ अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना थप सुदृढ बनाउँदै समाजमा शान्ति, समृद्धि र सहकार्यको वातावरण सिर्जना गर्न प्रेरणा देओस् । ईद मुबारक !”

प्रचण्डले यो पर्वले नेपाली समाजमा सद्भाव, एकता र सहिष्णुताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। ईद उल फित्र रमजान महिनाको उपवासपछि मनाइने खुसीयालीको पर्व हो, जसले प्रेम, दान र सामाजिक सद्भावलाई प्रोत्साहन दिन्छ।

Comments are closed

Related Post