Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जिताउन १५ हजार बुद्धिजीवी परिचालन
देश

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जिताउन १५ हजार बुद्धिजीवी परिचालन

Email :61

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन ‘वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समिति’ गठन गरिएको छ ।

पूर्व राजदूत क. विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा १५ हजार ५ सय १ सदस्यीय विशाल मूल समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा प्रेमकुमार खनाल र सचिवमा कृष्ण केसी रहेका छन् ।

मूूल समितिकाे कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन भएको छ। सचिवालयकाे संयाेजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पण्डित र सदस्यहरु मा प्रा .डा, गाेविन्द सुवेदी ,समर नेपाल , सि. ढकाल , प्रा डा शिव शरण महर्जन , डा. विसि शर्मा , डा. टिपि शर्मा , नील कण्ठ तिवारी , कृष्णप्रसाद भण्डारी ,एस गुरुङ , एन पाेख्रेल ,रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ , प्रभा बज्राचार्य ,सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई , शरण कुमार गुरुङ , सरिना गुरुङ ,अर्जुन श्रेष्ठ , ओमनारायण श्रेष्ठ , मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट , एलए चौलागाईं ,सिआर कार्की , एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी , रमेश रुपाखेती,पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत,, मंगल महर्जन ,उमेश गौतम , आरवि गुरुङ , रमेश प्रसाद मैनाली , ,गाेपाल श्रेष्ठ , दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी , गाेपाल सिंह,डा. बिष्णु हरि पण्डित , अन्जु शाह भक्तिमान सुब्बा , डाक्टर कृष्ण गाेपाल महर्जन, टि पि थापा रहेका छन् ।

समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, इन्जिनियर, कानुन व्यवसायी तथा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू समावेश छन् ।

समितिले एक अपील जारी गर्दै मुलुकमा गणतन्त्र, समावेशी लोकतन्त्र र जनताका मौलिक हकहरू जस्तै शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।

नवउदारवादी अर्थनीतिले गरिबी र बेरोजगारी बढाएको हुँदा राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवादको आधार निर्माण गर्न १६५ वटै निर्वाचन क्षेत्रमा ‘तारा’ चिह्न वाहक उम्मेदवारहरूलाई विजयी गराउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रेस विज्ञप्ति
काठमाडौ
मिति: २०८२/११/०६ गते

नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरुलाई आगामी निर्वाचनमा बिजयी गराउन बामबुद्विजीवी एव चिनका लागि पूर्व राजदूत कमरेड विष्णु पुकार श्रेष्ठकाे संयाेजकत्वमा १५५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ।
समितिकाे सहसंयाेजकमा कमरेड प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी रहनु भएको छ।
मूल समितिमा बुद्धिजीवी ,प्राध्यापक ,शिक्षक,स्वास्थ्यकर्मी ,ट्रेड युनियन महासंघहरु, ईन्जिनियरिङ एशाेशिएशन, कानुन व्यवसायी संगठन का केन्द्र, प्रदेश ,जिल्ला , प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु रहेका छन।

मूूल समितिकाे कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन भएको छ। सचिवालयकाे संयाेजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पण्डित र सदस्यहरु मा प्रा .डा, गाेविन्द सुवेदी ,समर नेपाल , सि. ढकाल , प्रा डा शिव शरण महर्जन , डा. विसि शर्मा , डा. टिपि शर्मा , नील कण्ठ तिवारी , कृष्णप्रसाद भण्डारी ,एस गुरुङ , एन पाेख्रेल ,रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ , प्रभा बज्राचार्य ,सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई , शरण कुमार गुरुङ , सरिना गुरुङ ,अर्जुन श्रेष्ठ , ओमनारायण श्रेष्ठ , मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट , एलए चौलागाईं ,सिआर कार्की , एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी , रमेश रुपाखेती,पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत,, मंगल महर्जन ,उमेश गौतम , आरवि गुरुङ , रमेश प्रसाद मैनाली , ,गाेपाल श्रेष्ठ , दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी , गाेपाल सिंह,डा. बिष्णु हरि पण्डित , अन्जु शाह भक्तिमान सुब्बा , डाक्टर कृष्ण गाेपाल महर्जन, टि पि थापा रहनु भएको छ।

बुद्धिजीवी मूल समितिले देश भरका बुद्धिजीवी एवं पेशाकर्मीहरुमा एक अपिल प्रकाशित गरेको छ। अपीलमा मुलुकमा युगान्तकारी परिवर्तन गरेर गणतन्त्र ,समावेशी लाेकतन्त्र, जनताका मौलिक हककाे रुपमा रहेको शिक्षा ,स्वास्थ्य ,सुरक्षित आवास,स्वच्छ खानेपानी ,खाध्यान्न, सामाजिक सुरक्षा,राेजगारीका अधिकार लाई संबैधानिक रुपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ। अव देशमा उत्पादन र राेजगारी बृद्वि गर्न समाजवादी क्रान्ति गर्न आवश्यक छ। नेपाली कम्युनिस्ट पार्टीले जनसमक्ष ल्याएको प्रतिबद्धता पत्रले राष्ट्र र जनताका अभिभारा पुरा गर्ने संकल्प गरेको छ। देशमा नवउदारवादी अर्थनीतिले गरिबी ,बेरोजगारी ,आय असमानता ,आर्थिक शाेषण गरेर देशको आर्थिक विकासलाई पछाडि धकेल्ने काम गरेको छ। अतः नेपाली कम्युनिस्ट पार्टीले अगाडि सारेको प्रतिबद्धता पत्रका आधारमा राष्ट्रियता स्वाधीनता ,र लाेकतन्त्रकाे सुदृढीकरण गर्दै मुलुकमा उत्पादन ,राेजगारी बृद्वि गरिफ समाजवादकाे आधार निर्माण गर्ने संकल्प गरेको हुदा १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरुलाई बिजयी गराउन हामी देश भरका शिक्षक,प्राध्यापक ,स्वास्थ्यकर्मी ,श्रमिक ,कर्मचारी ,कानुन व्यवसायी ,पत्रकार लगायतका बुद्धिजीवी एवं पेशाकर्मीहरु विच अपिल गर्दछौ भनी अपिलमा उल्लेख गरिएको छ।

यस्तै मूल समितिले आगामी फाल्गुन ९ गते , शनिबार दिनकाे १.३० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल , डाक्टर दीपेन्द्र बहादुर क्षेत्री , डाक्टर प्रा खगेन्द्र प्रसाईं , लगायतका बक्ताहरुले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा काठमाडौ उपत्यकाका समस्त बुद्धिजीवी ,पेशाकर्मीहरु र पत्रकार महानुभावहरुलाई सक्रिय सहभागीताका लागि समितिकाे तर्फबाट अनुराेध गर्दछौं ।
मिति : २०/११०६ गते

विष्णु पुकार श्रेष्ठ
संयाेजक

प्रेमलकुमार खनाल
सह संयाेजक

वाम बुद्धिजीवी एवं पेसाकर्मी
निर्वाचन परिचालन मूल समिति
काठमाडौ

 

Comments are closed

Related Post