Shopping cart

  • Home
  • समाज
  • नेकपा संयुक्तले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने
देश

नेकपा संयुक्तले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने

Email :74

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न माग गरेको छ । पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा वर्तमान बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने माग गरिएको छ ।

पार्टीको हालै सम्पन्न राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले विभिन्न ११ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले वि.सं. २०४८ देखिका उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । यस्तै, मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित ऊर्जा संकट समाधान गर्न र बजारमा व्याप्त महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको छ ।

 

यस्ता छन् निर्णय :

Sanyukta-1-1775914266.jpg

Sanyukt-2-1775914913.jpg

 

Comments are closed

Related Post