Shopping cart

  • Home
  • स्वास्थ्य
  • नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)
अन्तर्राष्ट्रिय

नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

Email :114

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कृृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

‘हाम्रा पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून, राजनीतिलगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने ध्येयका साथ निर्देशित गर्नु पर्छ, आवश्यकताअनुसार पुनर्गठन गर्नु पर्छ,’ घोषणापत्रमा भनिएको छ ।

 

घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन। हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो। अब हामीले भन्न सक्नु पर्छ। हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’।’

नेकपा संयुक्तले आगामी निर्वाचनमा  ३५ क्षेत्रमा मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ भने समानुपातिकमा १ सय ९ जनालाई बन्दसूचिमा राखेको छ ।

Comments are closed

Related Post