Shopping cart

  • Home
  • राजनिती
  • निश्पक्ष निर्वाचनको बातावरण अझै बनेन: ओली
देश

निश्पक्ष निर्वाचनको बातावरण अझै बनेन: ओली

Email :65
झापा । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले संसद विघटनको प्रसंग उठाउँदै देश संकटतर्फ धकेलिएको दाबी गरे।
उनले सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि राजनीतिक अस्थिरता बढेको बताए।
ओलीले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको उल्लेख गरे। “एमाले चुनावबाट भाग्दैन, हामी जनताको मतबाटै समस्याको समाधान खोज्छौं,” उनले भने। आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्ति बन्ने र देशका विद्यमान समस्याहरूको समाधान निकाल्ने दाबी पनि उनले गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा कुनै पनि प्रकारको धाँधली एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले चुनावलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।
कार्यक्रममा उनले युवाहरूलाई लक्षित गर्दै विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न आग्रह गरे। “कुनै पनि पार्टीको भूमिका उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्छ,” उनले भने, “एमालेका नीति तथा कार्यक्रम जनतासम्म पुर्याउन युवाहरू सक्रिय हुनुपर्छ।”

Comments are closed

Related Post