Shopping cart

  • Home
  • समाज
  • निर्वाचन महोत्सव बन्दैछ- सञ्चारमन्त्री खरेल
मुख्य समाचार

निर्वाचन महोत्सव बन्दैछ- सञ्चारमन्त्री खरेल

Email :145

ललितपुर, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकारले सबैखाले तयारी गरिरहेको बताउनुभयो ।
गोरखापत्र संस्थानद्वारा बिहिबार आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो,“निर्वाचन सफल बनाउने वातावरणक लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्साव होइन, अब महोत्सव बन्दैछ ।”

सरकारले सबैखाले स्रोत साधन र जनशक्तिको व्यवस्था गरेर निर्वाचनका लागि तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पुरा गर्न सक्रिय भएको उल्लेख गर्नुभयो ।

उहाँले तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेको जानकारी दिनु हुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य एको प्रष्ट पार्नुभयो । मन्त्री खरेलले भन्नुभयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’
गोरखापत्र डिस्कोर्सको निष्कर्षलाई सरकारले ग्रहण गर्नेछ ।

 

सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

 

उहाँले भन्नुभयो,“जेनजी जनआन्दोलनपछिको पुनःनिर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्षले महत्वपूर्ण भूमिका खेल्ने छ । डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ’, उहाँले भन्नुभयो ।

यो गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा मिडियाको भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उहाँको भनाइ छ । “मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ”,उहाँले भन्नु भयो ।

सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु
सञ्चारमन्त्री खरेलको विशेष पहलमा राज्यबाट सञ्चालि सञ्चार गोरखापत्र संस्थानका सञ्चारकर्मी तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्धताको सुरु भएको छ । सञ्चारमन्त्री खरेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको परिचयपत्र वितरण गर्नुभयो । सञ्चारमन्त्री खरेलले हाफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेर सरकारको अभियानलाई साथ दिएकामा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु ।”

संस्थानले १८० जना कर्मचारी तथा पत्रकारलाई सामाजिक सुरक्षामा आवद्धता गराउने जनाएको छ ।
मन्त्री खरेलले वर्षौदेखि अड्किएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएनएम) पारित गरेको समेत जानकारी गराउनुभयो ।

सञ्चारमन्त्री खरेलले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, ‘गोरखापत्रले अब डिजिटल हाइवेमा रफ्तारमा अगाडि बढ्नु पर्ने छ । अब सबै आउटलेटलाई डिजिटल हाइवेमा अगाडि बढ्नु पर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफममा देखिनु पर्ने छ ।”

Comments are closed

Related Post