काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।
काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ । राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।
राप्रपाले ‘आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने’नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।
Comments are closed