Shopping cart

  • Home
  • समाज
  • नमुना मत्रपत्र सार्वजनिक
देश

नमुना मत्रपत्र सार्वजनिक

Email :70

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिँदै विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका नमूना मतपत्रहरू सार्वजनिक गरेको छ ।

आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेशका सबै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै नमूना मतपत्र बाहिर ल्याएको हो ।

 

उम्मेदवार संख्याका आधारमा मतपत्रको आकारनिर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारको सङ्ख्यालाई मुख्य आधार मानेर मतपत्रको आकार तय गरिएको छ ।

उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक ढाँचाका मतपत्रहरू तयार पारेको छ ।

कर्णाली र सुदूरपश्चिमको जिल्लागत अवस्थाआयोगका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने केहीमा पाँचसम्म निर्वाचन क्षेत्र कायम छन ।

प्रदेश एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरूदुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र कर्णाली सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम दैलेख (२), सुर्खेत (२)सुदूरपश्चिमबाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुराअछाम (२), कञ्चनपुर (३), कैलाली (५) मतदाता शिक्षाका लागि नमूना प्रयोग गरिनेसार्वजनिक गरिएका यी नमूना मतपत्रहरू मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिनेछन ।

Comments are closed

Related Post