नेपालको संविधानले नै राष्ट्रिय जनावरको रूपमा सम्मान दिएको र करोडौँ सनातनी धर्मावलम्बीहरूले ‘गौमाता’ को रूपमा श्रद्धापूर्वक पूजा गर्ने गाईको विषयमा दिइएको यस्तो अभिव्यक्तिले धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक सद्भावमाथि सिधा प्रहार गरेको संघको निष्कर्ष छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा सनातनी समाजको संवेदनशीलतालाई नजरअन्दाज गर्दै समाजमा अराजकता र धार्मिक विद्वेष फैलाउन खोजिएको भन्दै समितिले यसलाई अक्षम्य अपराधको रूपमा चित्रण गरेको छ ।
यस किसिमको अभिव्यक्ति दिने खगेन्द्र सुनार र उनी संलग्न रहेको संस्था दुवैलाई यस घटनामा समान रूपमा जिम्मेवार ठहर्याउँदै संघले अविलम्ब गल्ती स्वीकार गरी सनातनी समाजसँग सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्नका लागि आफ्ना अभिव्यक्तिहरू सच्याउँदै क्षमायाचना गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले चेतावनी दिँदै भनेको छ, “यदि तत्काल गल्ती स्वीकार गरी माफी मागिँदैन भने हाम्रो धर्म र संस्कृतिको रक्षार्थ यो समिति कानुनी उपचार र थप सशक्त आन्दोलनका कदमहरू चाल्न बाध्य हुनेछ।” साथै, समाजमा वैमनस्यता फैलाउने यस्ता तत्वहरूलाई कडा निगरानीमा राखी कानुनी कठघरामा उभ्याउन संघले नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग समेत गरेको छ।














Comments are closed