Shopping cart

  • Home
  • राजनिती
  • धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार निरन्जन संजेलले फिर्ता गरे उम्मेदवारी
देश

धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार निरन्जन संजेलले फिर्ता गरे उम्मेदवारी

Email :75

धादिङ । प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बुधबार धुनीबेशी नगरपालिका- १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता (निष्क्रिय) भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

 

कार्यक्रममा बोल्दै संजेलले भने ‘राजेन्द्र प्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ । धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ।’

 

यसअघि मंगलबार साँझ नै सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले आजको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् ।

संजेलको यो समर्थनले धादिङ क्षेत्र नं।१ मा पाण्डेको पक्षमा चुनावी माहोल बलियो बनेको विश्लेषण गरिएको छ ।

Comments are closed

Related Post