Email :61
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको विशेष महाधिवेशन पक्षधर समूहले संस्थापनसँग सहमतिका लागि तीन बुँदे शर्त अघि सारेको छ।
विशेष महाधिवेशन पक्षधरको बटम लाइन-
पहिलो, विशेष महाधिवेशनको स्वामित्व संस्थापन पक्षले लिनुपर्ने।
दोस्रो, विशेष महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन पूँजीका रूपमा स्वीकार गर्नुपर्ने।
तेस्रो, सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने।
भृकुटीमण्डपमा तीन दिनदेखि जारी विशेष महाधिवेशनका क्रममा मंगलबार बालुवाटारमा सुरूदभएको वार्तामा समूहले यी शर्त औपचारिक रूपमा प्रस्तुत गरेको हो।














Comments are closed