Shopping cart

  • Home
  • स्वास्थ्य
  • दुव्यसन विरुध्दकोअभियान तथा स्व उपचार पध्दति कार्यक्रम सम्पन्न
देश

दुव्यसन विरुध्दकोअभियान तथा स्व उपचार पध्दति कार्यक्रम सम्पन्न

Email :212

काठमाण्डौं । अरुणीमा माद्यमीक विद्यालय काठमाण्डौंका विद्यार्थीहरुलाई एक दिने दुव्यसन विरुध्दको सचेतना तथा स्व उपचार पध्दतिकार्यक्रम सम्पन्न भएकोछ ।
स्वच्छ र स्वास्थ्य समाजका लागि सचेतना एवं स्व उपचार पध्दति कार्यक्रम बुधबार सम्पन्न भएको हो ।


सामाजिक विकास विभाग काठमाण्डौ महानगरपालिकाको सहयोगमा उज्वल भविश्य नेपाल काठमाण्डौं, पूनर्जिवन मिडीया नेपाल र महिला सामाजिक परिचालन राष्टिय अभियानले कार्यक्रमको आयोजना गरेको हो ।
अरुणीमा माद्यमीक विद्यालय काठमाण्डौ र  राष्ट्यि सहिद तथा शान्ति पार्क निजामति स्मारक  पुनर्जिवन फाउण्डेसन नेपालको सजीहकरणमा भएको थियो ।


कार्यक्रममा तनाब ब्याबस्थापनमा नरमाया श्रीस (नबिना) तथा  पूनर्जिवन फाउण्डेसनको संरक्षक,बिषय विज्ञ  लाफ्टर योगा गुरु कृष्ण घिमिरेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका सञ्चालक  समाजसेवी राजनीतिकर्मी गोपाल बराल, राष्ट्रिय सहिद पार्कका संस्थापक अध्यक्ष सुदर्शन सिग्देल, राष्ट्रिय कलाकार ,मानव अधिकार कर्मी ,बागमती सामाजिक अभियन्ता,गाई बाछा संरक्षण अभियान सामाजिक र धार्मिक अभियन्ता साथै अरुणिमा मा वि का शिक्षक बिध्यार्थी  अभिभावक सम्पर्क प्रमुख कुमारमणि गजुरेल ,महिला सामाजिक परिचालन राष्टिय अभियानका अध्यक्ष कविता सोडारी महासचिव भोजराज काफ्ले सहित संचारकर्मी बुध्दिजिवी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अरुणिमा माविका ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

Comments are closed

Related Post