Shopping cart

  • Home
  • राजनिती
  • दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणबाट आगलागी
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणबाट आगलागी

Email :90

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सोमबार ड्रोन आक्रमण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) नजिकै रहेको इन्धन ट्याङ्कीमा ड्रोनले आक्रमण गर्दा आगलागी भएको दुबई मिडिया अफिसले जनाएको छ। दुबई सिभिल डिफेन्स टोलीहरूले आगो नियन्त्रणमा लिएका छन्।

घटनामा कुनै पनि मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्। सुरक्षा कारण देखाउँदै विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। सारजहाँ ट्वान्टी फोर अनलाइनका अनुसार विमानस्थल नजिक दुईवटा ड्रोन खसेका थिए। फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण बढेका छन्।

यस अवधिमा खाडीका अरब मुलुकहरूले २ हजारभन्दा बढी यस्ता आक्रमणको सामना गरेका छन्, जसका लक्ष्यमा तेल पूर्वाधार, विमानस्थल, बन्दरगाह, होटल तथा आवासीय भवनहरू परेका छन्। इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएई सबैभन्दा बढी प्रभावित भएको छ, यद्यपि अन्य खाडी मुलुकहरू पनि इरानको आलोचना गर्दै प्रभावित भएका छन्।

Comments are closed

Related Post