Shopping cart

  • Home
  • राजनिती
  • दाङ उपत्यका विकास प्राधिकरण गठन गर्ने निर्मल आचार्यको प्रतिबद्धता, तारामय बन्यो दाङ–२
मुख्य समाचार

दाङ उपत्यका विकास प्राधिकरण गठन गर्ने निर्मल आचार्यको प्रतिबद्धता, तारामय बन्यो दाङ–२

Email :73

दाङ । नेपाली कम्युनिष्ट पार्टी दाङ क्षेत्र नं. २ का उम्मेदवार निर्मल आचार्यले दाङको समग्र विकासका लागि दाङ उपत्यका विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता गरेका छन् । उनले सो प्राधिकरणमार्फत् सबै क्षेत्रको विकास निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन् ।

उनले घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने र यसलाई लमही–घोराही–तुलसीपुर चारलेन सडकको रूपमा विस्तार गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । आचार्यले कोइलाबास–घोराही–होलेरी, सहिदमार्ग–घोराही, बङ्गलाचुली–प्युठान सडक, दामोदर मार्ग, घोराही–रक्षाचौरलगायत सडकहरूको कालोपत्रेसहित स्तरोन्नतिलाई प्राथमिकताका योजनाको रूपमा अघि बढाउने पनि बताएका छन् ।

उनले सिमेन्ट उद्योगका टिप्पर सञ्चालनका लागि वैकल्पिक औद्योगिक मार्गको सुनिश्चितता गर्ने बताएका छन् । सिमेन्ट उद्योग र स्थानीयबासी बीचको द्वन्द्व व्यवस्थापन गर्दै उद्योगहरूले अनिवार्य पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई एकद्वार प्रणालीमार्फत् व्यवस्थित गरिने बताइएको छ । दाङमा नियमित हवाइ उडान हुने गरी विमानस्थल व्यवस्थित गर्ने, कालोपत्रे हुन बाँकी सडकहरूलाई क्रमिकरूपले स्तरीय र टिकाउ हुनेगरी कालोपत्रे गर्दै लगिने पनि उनको भनाई छ ।

null

नेपाल संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा शिक्षा, कृष्णसेन बहुप्राविधिक शिक्षालय, नर्सिङ कलेजहरू, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई प्रभावकारी बनाएर दाङलाई शैक्षिक हबको रूपमा स्थापित गर्ने प्रतिबद्धता गरिएको छ । घोराही इन्जिनियरिङ कलेजको सञ्चालन गरिने तथा कृषि क्याम्पसको स्थापनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।

त्यस्तै, वेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, आयुर्वेदिक अध्ययन संस्थालाई आयुर्वेदिक विश्वविद्यालयमा रुपान्तरण गर्ने,  ब्रह्मकुमारी विश्वविद्यालयलाई योग, साधना र ध्यानकेन्द्रको रूपमा थप स्थापित र विकास गर्ने र घोराहीको बालमन्दिर विद्यालयलाई अटिज्म र फरक क्षमताका विद्यार्थीका लागि प्रदेश सरकारको मातहत रहने सुविधासम्पन्न विशेष विद्यालयमा स्तरोन्नति गरिने लगायतका प्रतिबद्धता आचार्यको छ ।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बहुविशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्दै यस प्रदेशकै उत्कृष्ट चिकित्सा शिक्षाको केन्द्रको रूपमा स्थापित गरिने जनाइएको छ । बिजौरीको आयुर्वेद अस्पताललाई आयुर्वेद औषधि उत्पादन केन्द्रको रूपमा विकास गर्ने, थारु समुदायमा विकराल बन्दै गएको सिकलसेल एनिमियाको परीक्षण, प्रभावकारी उपचार र सहज कार्ड व्यवस्थापनका लागि स्रोत अस्पतालमा व्यवस्था गरी निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराइने आचार्यले बताएका छन् ।

उनले दाङमा मह प्रशोधन केन्द्र स्थापना गर्ने  र त्यहाँको महलाई ब्राण्डिड गर्ने, हरेक वडामा कृषि हाटबजारको व्यवस्थापन गर्न पहल गर्ने लगायतका विविध प्रतिबद्धता गरेका छन् ।

Comments are closed

Related Post