काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु गर्ने कार्य सम्पन्न गरेको छ । १६ देखि २० पुससम्म राजनीतिक दलहरूको बन्द सूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।
रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएको सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने आयोगको तयारी छ ।
कागजात नपुगेका, उमेर नपुगेकालगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइनेछ । त्यसपछि राजनीतिक दलहरूले २१ देखि २७ पुससम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्द सूची पेस गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।
त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्नेछ ।














Comments are closed