Shopping cart

  • Home
  • समाज
  • थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
देश

थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न

Email :9

काठमाडौं । थानकोटस्थित आदिनारायण भजन मण्डल परिसरमा मंगलबार साँझ आयोजित विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा शास्त्रीय संगीतप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले असार ९ गते साँझ ५ बजेदेखि सुरु भएको उक्त सांगीतिक कार्यक्रम रातिसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा चर्चित पखावज वादक निशान्त सिंह ले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए। उनको बेजोड पखावज वादनले उपस्थित दर्शक तथा संगीतप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै धनबहादुर गोपाली ले थानकोट क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमालाई जीवन्त राख्न आदिनारायण भजन मण्डलले निरन्तर यस्ता गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले स्थानीय युवाहरूको उत्साहजनक सहभागिताले सांस्कृतिक संरक्षण अभियानलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गरे।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, संस्कृतिविद् तथा ठूलो संख्यामा संगीत अनुरागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सम्पन्न भएपछि सहभागीहरूले यस्ता शास्त्रीय तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Comments are closed

Related Post