Shopping cart

  • Home
  • राजनिती
  • तीन जना समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
देश

तीन जना समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

Email :90

काठमाडौं ।  निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीबाट ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनकुटाको पाख्रिबास–८, का कुमारबहादुर थापाविरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।

 

आयोगका सचिव कृष्णबहादुर राउतले जारी गरेको विज्ञप्तिमा एमालेको समानुपातिक सूचीमा रहेका मण्डल आदिवासीतर्फको व्यक्ति भएकाले मधेसी समुदायमा राख्न नमिल्ने भनेर उजुरी परेको उल्लेख छ । उनीविरुद्ध महोत्तरीको पिपरा गाउँपालिका–१ का सन्तोषकुमार साहले उजुरी दिएको आयोगले जनाएको छ ।

 

यस्तै, ललितपुरका लामा अपागंता नभएको व्यक्ति भए पनि उनलाई अपागंता भएको व्यक्तिअन्तर्गत राखिएपछि आयोगमा उजुरी परेको हो । उनीविरुद्ध भने काभ्रेपलाञ्चोकको तेमाल–२ का रहरसिंह तामाङले उजुरी दिएको आयोगले जनाएको छ ।

 

यस्तै, धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रुपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनेर उजुरी परेको हो ।

Comments are closed

Related Post