Shopping cart

  • Home
  • राजनिती
  • झापामा आफ्नो जीत पक्का भएको ओलीको दाबी
देश

झापामा आफ्नो जीत पक्का भएको ओलीको दाबी

Email :102

चन्द्रगढी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्।

शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘सूर्यको जीत सियोर छ।’

चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाको उत्साहजनक सहभागिता रहेको सुनाए। युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको उनको भनाइ थियो। नयाँ पुस्ता राजनीतिमा आउनु र सिक्न खोज्नु सकारात्मक भएको टिप्पणी गरे।

Comments are closed

Related Post