Shopping cart

  • Home
  • समाज
  • ‘जेन- जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’-अध्यक्ष नेपाल
अन्तर्राष्ट्रिय

‘जेन- जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’-अध्यक्ष नेपाल

Email :193

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभएपनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेकाे बताएका छन्। जेन-जी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएकाे बताए।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्- तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेन-जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन-जी पुस्ता सचेत हुन जरुरी छ ।

 

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने बताए।

विज्ञप्तिमा भनिएकाे छ- जेन-जी पुस्ताले उठाएका मागको संवोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्च स्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन-जीले भने जस्तो बनाउन सकिन्छ ।

उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताए।

उनले लोकतन्त्र विहिन राज्यमा भ्रष्ट्राचार र कुशासन विरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए।

विज्ञप्तिमा जेएन–जी आन्दोलनका क्रममा भएको व्यापक दमन र निर्दोष जनताको ज्यान जाने दुःखद घटनाप्रति कठोर आपत्ति प्रकट गरेको छ।

वक्तव्यमा वर्तमान सरकारले देखाएको अधिनायकवादी अभ्यास देशलाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिएको छ। “लोकतन्त्रलाई मिच्ने, नागरिकको स्वतन्त्रतालाई अपमान गर्ने र असहमतिको आवाजलाई दबाउने कुनै पनि कदमविरुद्ध पार्टी निरन्तर संघर्षरत रहनेछ,” वक्तव्यमा भनिएको छ।

Comments are closed

Related Post