Shopping cart

  • Home
  • समाज
  • जेनजी र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन
देश

जेनजी र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

Email :168

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपां)ले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको लागि पुस ११ गतेभित्र उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी नेककपाले उम्मेदवार सिफारिस गर्न तल्ला कमिटिलाई परिपत्र गरेको हो ।

 

पार्टी एकता प्रक्रियापछि शनिबार काकठमाडौंमा अन्तिम सन्देश सभा आयोजना गरिरहेको नेकपाले अबको सम्पूर्ण ध्यान निर्वाचन र उम्मेदवार चयनमा केन्द्रित गर्ने जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित परिपत्रमा उम्मेदवार बन्नका लागि योग्यता र मापदण्ड तोकिएको छ ।

 

नेकपाले यसपटकको निर्वाचनमा नयाँ पुस्तालाई समेट्ने विशेष रणनीति अख्तियार गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी अर्थात् युवा र एक जना महिलासहित अधिकतम ५ जनाको नाम पठाउन भनिएको छ ।

 

एउटै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्न, अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएका, कर वा राजस्व नतिरेका र कुनै पनि प्रकारको कालोसूचीमा परेका व्यक्तिको सिफारिस नगर्न नेकपाले भनेको छ । वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन, घरेलु हिंसा वा यौन उत्पीडन जस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई पनि उम्मेदवारको दौडबाट बाहिर राखिएको छ ।

 

पार्टीले उम्मेदवार सिफारिससँगै निर्वाचन क्षेत्रको वस्तुगत अवस्थाको रिपोर्ट पनि मागेको छ । जसमा २०७९ को निर्वाचनमा प्राप्त मत, नयाँ उदय भएका पार्टीको अवस्था र स्थानीय तहमा अन्य दलसँगको सम्बन्ध जस्ता ९ बुँदे विस्तृत विवरण बुझाउनुपर्नेछ ।

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि हुने यो निर्वाचनलाई नेकपाले आफ्नो साङ्गठनिक शक्ति प्रदर्शन र पार्टी एकताको जनअनुमोदन गर्ने अवसरका रूपमा लिएको छ ।

यसैगरी, राष्ट्रिय सभाका लागि प्रदेश तहबाट निर्वाचन हुने प्रत्येक क्लस्टरमा बढीमा ५-५ जना सिफारिस गर्न भनिएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि समानुपातिकतर्फ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ जना महिलासहित ४ जना सिफारिस गर्न निर्देशन दिइएको छ ।

‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक क्षेत्रबाट थप २-२ जना सिफारिस गर्ने । सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश र प्रवास प्रदेशले २ जना महिला र २ जना पुरुष गरी ४ जना तथा जनवर्गीय सङ्गठन र मोर्चाको केन्द्रीय समितिले पनि २ जना महिला र २ जना पुरुष गरी ४ जना सिफारिस गर्ने,’ निर्देशनमा उल्लेख छ ।

उम्मेदवार सिफारिस गर्दा संविधान र प्रचलित कानुनबमोजिम महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायलाई ध्यान निर्देशन दिइएको छ । ‘शहीद परिवार, बेपत्ता योद्धा परिवार, द्वन्द्वपीडित, घाइते, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतामा राख्ने क्लस्टरलाई पूर्ण रूपमा पालना गर्न भनिएको छ ।  एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने,’ निर्देशनमा भनिएको छ ।

 

विशेष सर्कुलर-१ (२०८२-९-४)

Comments are closed

Related Post