काठमाडौँ । काठमाण्डौंमा ‘जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, भूराजनीतिक जटिलता र निकासको बाटो’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भृकुटी सञ्चार, काठमाडौँको आयोजनामा आईतबार बानेश्वरमा भएको कार्यक्रमको उद्घाटन नेकपा मालेका महासचिव सी.पी. मैनालीले राष्ट्रिय झण्डा फहराएर गरेका थिए भने राजनीतिज्ञ खेमराज सेढाईंले बिरुवामा पानी सिञ्चित गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेकपा मालेका महासचिव सी.पी. मैनाली, राजनीतिज्ञ खेमराज सेढाईं, वरिष्ठ अधिवक्ता तथा विश्लेषक बालकृष्ण न्यौपाने, प्रा.डा. विजय मिश्र, सुरक्षाविदद्वय होमनाथ दवाडी र रविन्द्रनाथ रेग्मी, राजनीतिज्ञ गोविन्दबहादुर बोहोरा ुब्रम्हाण्डु, विश्लेषक रोहित पौडेल, राष्ट्रवादी गायक जे. पापी तथा विश्लेषक वोधराज न्यौपानेले देशको वर्तमान परिस्थितिबारे आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, वैदेशिक हस्तक्षेपका कारण बढ्दै गएको भूराजनीतिक जटिलता र यसबाट देशलाई मुक्त गराउने सम्भावित निकासका उपायहरूबारे गम्भीर विश्लेषण गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा देशको आन्तरिक तथा बाह्य सुरक्षा अवस्था, इतिहासका प्रमुख राजनीतिक घटनाक्रमको समीक्षा एवं राष्ट्र निर्माणमा अग्रजहरूले खेलेको भूमिकाको स्मरण र अनुभव आदानप्रदानसमेत गरिएको थियो।
भृकुटी सञ्चारका आरजु कुमार केसीले स्वागत गरेको कार्यक्रम ज्योतिकिरण रिजालको सभापतित्व तथा केदार बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।












Comments are closed