Shopping cart

  • Home
  • राजनिती
  • जेनजीको शक्ति: दुई दिनमै ढाल्यो एमाले कांग्रेसको ‘शक्तिशाली’ सरकार
अन्तर्राष्ट्रिय

जेनजीको शक्ति: दुई दिनमै ढाल्यो एमाले कांग्रेसको ‘शक्तिशाली’ सरकार

Email :96

काठमाडौं । जेनजी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै एमाले र कांग्रेसको शक्तिशाली सरकार ढलेको छ ।

जेनजीले भ्रष्टचारविरुद्ध प्रदर्शन सुरु गरेको दुई दिनमै ओली नेतृत्वको सरकार ढलेको हो । हिजोबाट सुरु भएको प्रदर्शनमा १९ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन् । यस्तै, विभिन्न पूर्वाधारमा क्षति भएको छ ।

प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले नेता र उनीहरुका निवास केन्द्रित गर्दै आगजनी र तोडफोड सुरु गरेको आन्दोलन उग्र बन्दै गएको थियो । यसैक्रममा मन्त्री र सांसदहरु समेत धमाधम राजीनामा दिन थालेका थिए ।
गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए । यस्तै, राप्रपा र रास्वपाका सबै सांसदहरुले राजीनामा दिइसकेका छन् ।

Comments are closed

Related Post