Shopping cart

  • Home
  • स्वास्थ्य
  • जन्मदिनलाई सत्कर्ममा जोड्ने एनआरएनएका उपाध्यक्ष गैरेको उच्चो काम
अन्तर्राष्ट्रिय

जन्मदिनलाई सत्कर्ममा जोड्ने एनआरएनएका उपाध्यक्ष गैरेको उच्चो काम

Email :117

जन्मदिनलाई सेवामा रूपान्तरण: एनआरएनएका उपाध्यक्ष  गैरे बालगृहमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरे ले आफ्नो जन्मदिनलाई सत्कर्मसँग जोड्दै मानव सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

नेपालीपन र मातृभूमिसँग भौतिक तथा भावनात्मक रूपमा जोडिनुपर्ने उनको विश्वास अनुसार यस वर्षको जन्मदिन नेपालमै परेको अवसरमा उनले शनिबार ४६औँ जन्मदिनलाई फरक शैलीमा मनाए।

जन्मदिनका अवसरमा उनले काठमाडौँको शान्तिनगरस्थित “हाम्रो सेवा घर” केयर बालगृह मा आश्रित बालबालिकासँग समय बिताउँदै सेवा कार्य गरेका छन्। सो अवसरमा गैरेले त्यहाँ रहेका करिब १० जना बालबालिकालाई भोजनको व्यवस्था मात्र गरेनन्, आफैंले पस्केर खुवाउँदै सेवा पनि गरे। दिनभर बालबालिकासँग रमाउँदै उनले जन्मदिनलाई अर्थपूर्ण बनाएका थिए।

गैरेको सेवा भावप्रति सेवा घरकी सञ्चालक पुष्पा अधिकारी लगायत उपस्थित सबैले धन्यवाद व्यक्त गरेका थिए। बालगृहमा रहेका भाइबहिनीहरू पनि अत्यन्त खुशी देखिएका थिए।

नवलपुरको गैँडाकोट–६ घर भएका गैरेले सेवा घर सञ्चालनका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री समेत उपलब्ध गराएका छन्। साथै त्यहाँ कार्यरत कर्मचारीहरूको भविष्यप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

गैरे गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि सक्रिय छन्। उनी यसअघि एनआरएनए युरोप क्षेत्रका उपसंयोजक तथा सह–कोषाध्यक्ष लगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन्। त्यसैगरी उनी गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष समेत भइसकेका छन्।

पोर्चुगलमा व्यवसाय गर्दै आएका गैरे नेपाली समुदायका विभिन्न सामाजिक अभियानमा सक्रिय रूपमा संलग्न छन्। उनी व्यक्तिगत रूपमा खुला हृदयले सहयोग गर्ने समाजसेवीका रूपमा परिचित छन्।

गैरेले प्रवास तथा नेपालका विभिन्न क्षेत्रमा पचासौँ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन्। विशेष गरी पोर्चुगल तथा युरोपमा असामयिक निधन भएका नेपालीहरूको शव नेपाल पठाउन उनले २० लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गरिसकेका छन्।

त्यसैगरी पोर्चुगलमा अलपत्र परेका तथा सडकमा बस्न बाध्य भएका दर्जनौँ नेपालीलाई उद्धार गरी नेपाल फर्काउने तथा कतिपयलाई त्यहीँ पुनःस्थापित गराउने कार्यमा पनि उनले अग्रणी भूमिका खेलेका छन्।

नेपालमा अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर सहयोग, कोभिड–१९ महामारीका बेला अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री वितरण, तथा प्रवासमा रहेका नेपालीहरूलाई खाद्यान्न र औषधि सहयोग उपलब्ध गराउने काममा पनि गैरे सक्रिय रहेका छन्।

कोभिड महामारीका क्रममा उनले पोर्चुगलमा रहेका नेपालीहरूका घरघरमा पुगेर राहत वितरण गर्नुका साथै बिरामीहरूको उपचारमा समेत पहल गरेका थिए। साथै एकल सुत्केरी महिलाहरूलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका थिए।

नेपालका विभिन्न जिल्लामा खेलकुद सामग्री वितरण र खेलकुद विकासका लागि समेत सहयोग गर्दै आएका गैरे सामाजिक सेवामा समर्पित व्यक्तित्वका रूपमा परिचित छन्।

Comments are closed

Related Post