Shopping cart

  • Home
  • स्वास्थ्य
  • चितवन १ को समृद्धिका लागि वैज्ञानिक र अग्रगामी नेतृत्व: नेकपाका उम्मेदवार डा.कृष्णराज पन्तप्रति बढ्दो जनविश्वास
अर्थ

चितवन १ को समृद्धिका लागि वैज्ञानिक र अग्रगामी नेतृत्व: नेकपाका उम्मेदवार डा.कृष्णराज पन्तप्रति बढ्दो जनविश्वास

Email :96

चितवन । चितवन क्षेत्र नं. १ को आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डा. कृष्णराज पन्तको उम्मेदवारीले राजनीतिक वृत्तमा मात्रै होइन, आम जनतामा समेत उत्साह र आशा जगाएको छ। विकास अर्थशास्त्री तथा अनुभवी नीति–निर्माताका रूपमा परिचित डा। पन्तलाई नेकपाले अघि सारेपछि “समृद्ध चितवन – समृद्ध नेपाल” को नाराले ठोस आधार पाएको स्थानीयहरूको भनाइ छ।

 

अनुभव, प्रतिबद्धता र जनमुखी दृष्टिकोण

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षका रूपमा कार्य गरिसकेका डा। पन्तसँग संघीय, प्रादेशिक र स्थानीय तहमा नीति निर्माण तथा कार्यान्वयनको सशक्त अनुभव छ। विकास अर्थशास्त्रमा पीएचडी हासिल गरेका उनि आर्थिक रूपान्तरणका स्पष्ट खाका र कार्ययोजना बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपाको वैचारिक धरातलसँग मेल खाने गरी उनले समावेशी विकास, उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् ।

 

स्वच्छ छवि र परिणाममुखी नेतृत्व

राजनीतिमा इमानदारी र उत्तरदायित्वको खडेरी देखिएको वर्तमान परिवेशमा डा। पन्तको स्वच्छ व्यावसायिक छविले मतदातामा विश्वास जगाएको छ। पदलोलुपता भन्दा परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिने उनको व्यक्तित्वले नेकपाको “जनताको पक्षमा, जनतासँगै” भन्ने प्रतिबद्धतालाई थप विश्वसनीय बनाएको छ।

 

बहुआयामिक अध्ययन, समग्र विकासको सोच

कानुन र वनस्पति शास्त्रको अध्ययनले उनलाई आर्थिक नीतिमात्र होइन, कानुनी संरचना र वातावरणीय सन्तुलनसमेत ध्यानमा राखेर विकास योजना अघि बढाउन सक्षम बनाएको छ। दिगो विकास, वातावरण संरक्षण र उत्पादन वृद्धि—यी तीन आधारमा चितवनलाई नयाँ उचाइमा पुर्‍याउने उनको प्रतिबद्धता छ।

 

अन्तर्राष्ट्रिय अनुभव, स्थानीय कार्यान्वयन

अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेको अनुभवका आधारमा विश्वका असल अभ्यासलाई स्थानीय सन्दर्भअनुसार रूपान्तरण गर्ने क्षमता उनिसँग छ। चितवनको कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई समन्वित ढंगले अगाडि बढाउने स्पष्ट कार्यदिशा उनले प्रस्तुत गरेका छन् ।

डा. पन्तको स्पष्ट धारणा छ-राजनीति सत्ताको साधन होइन, समाज परिवर्तन र आर्थिक मुक्ति हासिल गर्ने माध्यम हो। चितवनको आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारमार्फत समृद्धि हासिल गर्न नेकपाको नेतृत्व आवश्यक रहेको स्थानीय बौद्धिक तथा युवा वर्गको विश्वास छ।

 

आगामी निर्वाचनमा परम्परागत व्यक्तिवादी र अवसरवादी राजनीतिलाई अस्वीकार गर्दै वैज्ञानिक सोच, स्वच्छ छवि र जनमुखी एजेन्डा बोकेको नेकपाका उम्मेदवार डा. कृष्णराज पन्तलाई विजयी गराउनु नै चितवनको उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण कदम हुने देखिन्छ।

Comments are closed

Related Post