Shopping cart

  • Home
  • राजनिती
  • ग्याल्पो ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश दिन्छ: पूर्वप्रधानमन्त्री नेपाल
देश

ग्याल्पो ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश दिन्छ: पूर्वप्रधानमन्त्री नेपाल

Email :114

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २०८२ का अवसरमा शुुभकामना सन्देश दिनुुभएको छ ।

उहाँले शुभकामना सन्देश मार्फत हिमाली आदिवासी शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २०८२ का अवसरमा माधवकुमार नेपाल ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान नै देशको वास्तविक सुन्दरता र शक्ति भएको उल्लेख गर्नुभएको छ। विविध समुदायका भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु राज्यको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ।

 

उहाँले यस्ता पर्वहरूले आपसी सद्भाव, एकता, सहअस्तित्व र पारस्परिक सम्मानलाई सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। शुभकामनामा उहाँले ग्याल्पो ल्होसारले सबै नेपालीबीच बन्धुत्व, प्रेम, सहकार्य र सम्मानको भावना अझ प्रगाढ बनाउँदै सामाजिक न्याय, समानता र समृद्धिको मार्गतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

उहाँले पुनः ग्याल्पो ल्होसार २०८२ को अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

Comments are closed

Related Post