Shopping cart

  • Home
  • समाज
  • गणेश नेपाली घटनामा ट्राफिक प्रहरी जोडिएको छैन ,झुटाे प्रचार गरियाे
देश

गणेश नेपाली घटनामा ट्राफिक प्रहरी जोडिएको छैन ,झुटाे प्रचार गरियाे

Email :52

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मुगु जिल्ला सोरु गाउँपालिकाका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गरेको आत्मदाह प्रयासको घटनालाई ट्राफिक प्रहरीसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारित सामग्री तथ्यहीन र भ्रामक भएको जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले उक्त घटनामा ट्राफिक प्रहरीले गणेश नेपालीलाई कुनै पनि प्रकारको जरिवाना नतिराएकाे र ट्राफिक कारबाहीसँग घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको हो ।

विज्ञप्तिअनुसार घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान निकायबाट कानुन अनुसार अनुसन्धान भइरहेको छ । अनुसन्धानको निष्कर्ष नआउँदै आधिकारिक पुष्टि नभएका सूचना सुरक्षा निकायको नाम जोडेर सार्वजनिक गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने भएकाले त्यस्ता गतिविधि नगर्न कार्यालयले आग्रह गरेको छ।

Comments are closed

Related Post