Shopping cart

  • Home
  • समाज
  • को हुन् नेपाली कम्युनिस्ट पार्टी काठमाडौँ ४ का उम्मेदवार इन्द्रकुमार भुसाल
देश

को हुन् नेपाली कम्युनिस्ट पार्टी काठमाडौँ ४ का उम्मेदवार इन्द्रकुमार भुसाल

Email :239

काठमाडौँ । राजनीतिक रूपमा सचेत र ‘हाइप्रोफाइल’ मानिने काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीले इन्द्रकुमार भुसाललाई प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाएको छ ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका युवा नेता तथा समाजसेवि भुसाललाई सो पार्टीले उम्मेदवार बनाएको हो । उनले आफ्नो राजनीतिक यात्रा सेवामुखी, इमानदार र जनमुखी दृष्टिकोणका आधारमा अगाडि बढाएको जनाएका छन् । पार्टी संगठन निर्माणदेखि स्थानीय जनस्तरको राजनीतिक चेतना विस्तारसम्म उनको भूमिका निरन्तर रहँदै आएको छ ।

उनले आफ्नो चुनावी एजेन्डामा सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक झन्झटको अन्त्य, युवा रोजगारी र सहरी व्यवस्थापनलाई प्राथमिकता दिएका छन्। विशेषतः काठमाडौँजस्ता सहरी क्षेत्रमा बढ्दो बेरोजगारी र अव्यवस्थित सहरीकरणलाई सम्बोधन गर्नु उनको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

 

जेन जीहरुले आँफूलाई व्याक्तिगत रुपमा चुनावमा उठ्न दवाव दिएका र पार्टी बाट पनि टिकट प्राप्त गरेको उनले बताएका छन् । पार्टीका शिर्षस्थ नेताहरुसँग निकट सम्वन्ध रहेका भुसालले काठमाडौँ क्षेत्र नम्बर ४ का गम्भीर जनजीविकाका समस्यामाथि सर्वाजनिक समारोहमै ध्यानाकर्षण गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहभागी नेकपा एमालेको अअ‍ेखलढुंगको जिल्ला कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको केही दिन अधिको कार्यक्रममा बोल्दै उम्मेदवार भुसालले बबरमहलदेखि चुनिखेलसम्म फैलिएको ढल व्यवस्थापनको गम्भीरसमस्याका कारण यस क्षेत्रमा हजारौँ नागरिकको दैनिक जीवन कष्टकर बनेको भन्दै ध्यानाकर्षण गराए ।

उनले बर्खायाममा कपन क्षेत्रमा हुने डुबानले जनजीवन आक्रान्त बनेको यथार्थ प्रस्तुत गर्दै यी समस्या अब सहन नसकिने तहमा पुगेको बताए। काठमाडौँ क्षेत्र नम्बर ४ का जनतासँग गरेको प्रतिबद्धता अनुसार ढल व्यवस्थापन, डुबान नियन्त्रण तथा आधारभूत सहरी पूर्वाधार सुधारलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिँदै, ती विषयलाई पार्टीको केन्द्रीय एजेन्डाका रूपमा अघि बढाउन नेतृत्वसमक्ष आग्रह समेत गरे।

आफ्नो निर्वाचन क्षेत्रमा भएका विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण धरोहरहरुको संरक्षण संवर्धन सहित तिनको सरसफाई ,ढल निकास सहित तार भुमिगत गर्ने काम ,सार्वजनिक सौचालय पार्कीङ फल्चा पार्टी पौवा,धारा कुवा र स्थानिय धरोहरहरुको संरक्षण सिवपूरी निकुञ्ज सम्मको फोहरो व्यवस्थापन र सरसफाई आराम स्थल ज्येष्ठ नागरीकाहरु महिला बालबालिकाहरुको भेटघाट केन्द्र र मनोरञ्जन स्थलहरु सहित थुप्रै काम गर्नुपर्ने उनकले देखेका छन् ।

भुसालले ध्यानाकर्षण गराएको कार्यक्रममा बोल्ने क्रममा पार्टीका संयोजक प्रचण्ड र सह संयोजक नेपालले भुसालले उठाएका जनजीवनसँग जोडीएका समस्याको समाधानमा पार्टी गम्भिर हुने बताएका थिए ।

 

भुसालले जनताको पीडालाई नीति, कार्यक्रम र बजेटसँग जोडेर समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै, जनमुखी विकास र दिगो समाधान बिना समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे।

लामो समयदेखि विद्यार्थी राजनीतिका सक्रिय रहँदै नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य समेत रहेका नेता भुसाल ४ नम्बर निर्वाचन क्षेत्रमा समाजसेवीको रुपमा समेत चिनिने गरेका छन् । नेता भुसालले विद्यार्थी राजनीतिको जग समेत चाबहिलस्थित पशुपति क्याम्पसबाट नै बलियो बनाउदै लगेका हुन् ।

 

२०५९ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका नेता भुसाल सामान्य परीवारका मान्छे हुन् २०६२ सालको स्ववियु निर्वाचनमा पशुपति क्याम्पसमा सहसचिव पदमा निर्वाचित भएका थिए भने २०६५ मा उपसभापति समेत बनेका थिए ।

तत्कालिन माओवादी राजनीतिमा सक्रिय नेता भुसाल अखिल क्रान्तिकारीको वरिष्ठ उपाध्यक्ष हुँदै पछिल्लो समय उपत्यका विशेष समितिको उपाध्यक्ष समेत रहेका थिए भने भुकम्प, कोरोना र काठमाडौंदेखि देशका विभिन्न क्षेत्रमा बाढी पहिरो जस्ता प्रककृतिक प्रकोपको जोखिमको समयमा सक्रियतापूर्वक समाजसेवामा उत्रिने गरेका नेतामा पर्छन् ।
काठमाण्डौको कपन क्षेत्रमा वाढीको जोखिमबाट ज्येष्ठ नागरिकहरुलाई उध्दा गरेको फोटो भिडियोहरु प्रसस्तै भाइरल नै बनेका छन् उनका ।

काठमाडौंमा लामो समयदेखि राजनीति गरिरहेका भुसालले कांग्रेसका सभापति गगन थापाले राजनितिक क्षेत्र खालि गरीदिएर आफूलाई सजिलो बनाएको बताउँछन् । गगनको राजनीतिक उचाई जे जस्तो भएपनि उनले जितेर गएपछि जनताले विकास र सामाजिक न्यायको अनुभूति गर्न नसकेको भन्दै आफ्नो उम्मेदवारी त्यको परिपूतिैको लागि सशक्त पार्दै लगेका छन् ।

नेता भुसालले आफ्नो निर्वाचन क्षेत्रका लागि विकासका योजनादेखि स्थानीयसंग जनप्रतिनिधि जस्ता कार्यक्रम सहित आफ्ना चुनावी प्रतिवध्दताहरु सार्वजनिक गर्ने तयारी गरीरहेका छन् उनी अहिले स्थानिय समुदाय सँग भेटघाट गरी स्थानियहरुका समस्या र स्थानीय सवालहरुको अवस्थाको बारेमा जानकारी लिनेकाममा वढी सक्रिय छन् ।

 

केही दिन अघिमात्र भएकोउम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै इन्द्र भुषालले काठमाडौँ क्षेत्र नं। ४ का आम जनताका समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर आफू अघि बढ्ने स्पष्ट पाका थिए। उनले आफूलाई जनताको सेवकका रूपमा इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा विशेष जोड दिँदै भुषालले दीर्घकालीन समाधानका लागि ठोस योजना सहित अघि बढ्ने बताए। साथै क्षेत्रको समग्र विकास, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासका विषयमा पनि उनले आफ्नो धारणा राखेका थिए ।

 

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं। ४ अन्तर्गतका विभिन्न वडाका पार्टी नेतृत्व, कार्यकर्ता तथा ठूलो संख्यामा आम नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Comments are closed

Related Post