Shopping cart

  • Home
  • राजनिती
  • कोशी प्रदेशको समानुपातिक मत रास्वपा पछि श्रम संस्कृति पार्टी
देश

कोशी प्रदेशको समानुपातिक मत रास्वपा पछि श्रम संस्कृति पार्टी

Email :68

काठमाडौं । कोशी प्रदेशको समानुपातिक निर्वाचनमा श्रम संस्कृति पार्टीले दोस्रो बढी मत ल्याएको छ।

कोशी प्रदेशमा २० लाख १ हजार ३७५ कूल सदरमतमध्ये रास्वपाले ८ लाख ५३ हजार १८३ मत ल्याएको छ। श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत ल्याएको छ। नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीले ९७ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार ८९९ मत प्राप्त गरेको छ।

कोशीमा रास्वपाले ४२.६३ प्रतिशत मत प्राप्त गरेको छ। श्रम संस्कृतिले १४.५९, कांग्रेसले १४.५२ र एमालेले १४.४० प्रतिशत मत प्राप्त गरेको छ।

Comments are closed

Related Post