Shopping cart

  • Home
  • समाज
  • के छ विप्लव नेतृत्वको नेकपा (माओवादी) को घोषणापत्रमा ?
देश

के छ विप्लव नेतृत्वको नेकपा (माओवादी) को घोषणापत्रमा ?

Email :91

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका एजेण्डासहितको २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टीले आइतबार पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको सो दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको सङ्कल्प गरेको छ ।

महासचिव चन्दले शिक्षा र स्वास्थ्यलाई सर्वसुभल बनाउने र रोजगारीको सुनिश्चितता गर्ने, निजी क्षेत्रलाई आफूखुसी शुल्क तोकेर जथाभावी गर्न छुट दिन नहुने बताए ।

उनले कृषिलाई आत्मनिर्भर तथा विज्ञान र प्रविधिका क्षेत्रमा लगानी बढाउन र युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिए । व्यापार र लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता सो पार्टीले गरेको छ ।

 

Comments are closed

Related Post