Email :157
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण रहेको बताएका छन् ।
सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले भने, ‘प्रथम दृष्टिमा यो प्रतिवेदन अपूर्ण देखिन्छ। २४ भदौको घटनासँग सम्बन्धित पक्ष आयोगले समेटेको छैन।’
चालिसेका अनुसार कांग्रेसले प्रतिवेदनको अध्ययनका लागि कानुन विज्ञ, प्रशासनिक अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनका युवा अभियन्ता तथा विज्ञहरू मिलेर समिति गठन गर्नेछ।
सो समितिले कार्की आयोग र राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएका प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरी पार्टीले अन्तिम दृष्टिकोण तय गर्ने कांग्रेसले जनाएको छ ।














Comments are closed