Shopping cart

  • Home
  • राजनिती
  • काठमाडौं क्षेत्र नं. २ को आशा र विकल्प -नितेश पौडेल
देश

काठमाडौं क्षेत्र नं. २ को आशा र विकल्प -नितेश पौडेल

Email :547

आजको नेपाल गम्भीर राजनीतिक, आर्थिक र नैतिक सङ्कटको चरणमा उभिएको छ। दशकौँदेखि शासनसत्तामा रहेका नेतृत्वले जनतामा आशा भन्दा बढी निराशा दिएको यथार्थ हामी सबैका सामु स्पष्ट छ। भ्रष्टाचार, कुशासन, असमान विकास, बेरोजगारी र राष्ट्रिय स्वाभिमानमाथिको चुनौतीले देशको भविष्यलाई अन्योलमा पारेको छ।

 

यही परिस्थितिमा नयाँ सोच, स्पष्ट दृष्टिकोण, इमानदार चरित्र र निर्भीक निर्णय क्षमता भएका नेतृत्वको आवश्यकता झनै तीव्र बनेको छ। यही आवश्यकता र अपेक्षाको प्रतिफलका रूपमा काठमाडौं क्षेत्र नं. २ बाट उदाएका एक सशक्त, प्रतिबद्ध र कर्मशील युवा नेता हुन् – नितेश पौडेल।

नितेश पौडेल साधारण रूपमा राजनीतिमा प्रवेश गरेका व्यक्ति होइनन्। उनी १६ वर्षको उमेरदेखि नै नेपालको शीर्षस्थ नेतृत्वसँग नजिक रहेर राष्ट्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राज्य सञ्चालन, कर्मचारीतन्त्र र विकासका विविध मोडेलहरूलाई नजिकबाट बुझ्दै, सिक्दै र आत्मसात् गर्दै आएका अनुभवी व्यक्तित्व हुन्। कम उमेरमै राज्य व्यवस्थाको गहिरो अध्ययन र व्यवहारिक परीक्षणबाट गुज्रिनु सामान्य कुरा होइन। यही कारणले उनी भावनामा होइन, तथ्य र यथार्थमा आधारित राजनीति गर्न सक्ने क्षमतावान नेता बनेका छन।

काठमाडौं क्षेत्र नं. २ मा उनी कुनै अवसरवादी नेताका रूपमा होइन, आफ्नै बलबुतामा अहोरात्र जनताको सेवामा खटिने कर्मशील अभियन्ताका रूपमा परिचित छन्। सुशासन र विकास उनका नारामा मात्र सीमित छैनन्, उनी त्यसलाई व्यवहारमा उतार्न निरन्तर क्रियाशील छन्। व्यक्तिगत स्वार्थ, पद र लाभभन्दा माथि उठेर समाज र राष्ट्रलाई केन्द्रमा राख्ने उनको सोच नै उनलाई अरूभन्दा फरक बनाउने मुख्य आधार हो।

नितेश पौडेल एक खारिएका, प्रतिबद्ध भ्रष्टाचारविरोधी अभियन्ता हुन्। आज देशको सबैभन्दा ठूलो रोग नै भ्रष्टाचार बनेको छ। ठूला–ठूला योजना कागजमै सीमित हुने, बजेट लुटिने र जनताको भरोसा तोडिने क्रम निरन्तर चलिरहेको छ। यस्तो अवस्थामा भ्रष्टाचारसँग सम्झौता नगर्ने, निर्भीक रूपमा त्यसविरुद्ध उभिन सक्ने नेता अत्यन्तै आवश्यक छ। नितेश पौडेलको स्वच्छ छवि, इमानदार जीवनशैली र स्पष्ट अडानले उनी यस्तो लडाइँका लागि सक्षम र विश्वसनीय नेता हुन् भन्ने प्रमाणित गर्छ।

उमेरका हिसाबले ३८ वर्षका नितेश पौडेल अनुभव र ऊर्जाको सन्तुलित संयोजन हुन्। उनी न अत्यन्तै अनुभवविहीन छन्, न त परिवर्तनसँग डराउने पुरानो सोचमा सीमित। उनी राष्ट्र निर्माणका लागि इमानदार, अनुभवी र निर्भीक नेतृत्व अपरिहार्य छ भन्ने दृढ विश्वास राख्छन्। यही विश्वासका साथ उनले विकासको मूल आधार कृषि, पर्यटन, जलस्रोत तथा वन–जंगलको दिगो र भरपूर उपयोगमा केन्द्रित हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। यी क्षेत्रहरू नेपालका प्राकृतिक र संरचनात्मक शक्तिहरू हुन्, जसको सही व्यवस्थापनले देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिन्छ।

नितेश पौडेल केवल सपना देख्ने नेता होइनन्। सपना कार्यान्वयन गर्न आफैँ मैदानमा उत्रनुपर्छ भन्ने मान्यता बोकेर उनी राजनीतिमा होमिएका छन्। काठमाडौं क्षेत्र नं. २ का स्थायी बासिन्दाका रूपमा उनले यहाँका समस्या, आवश्यकता र सम्भावनालाई गहिरोसँग बुझेका छन्। यही कारणले उनले नेपाली कम्युनिस्ट पार्टीको तारा  चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुँदै जनताको प्रतिनिधि बन्ने साहसिक निर्णय गरेका छन्।

आज मुलुक कठिन मोडमा छ। पुरानै शैली, पुरानै अनुहार र पुरानै सोचले अब देशलाई अगाडि बढाउन सक्दैन। सरल, स्वच्छ छवि भएका, अनुभवसहित जनताको आवाज सशक्त रूपमा संसदसम्म पुर्याउन सक्ने युवाहरू नै आजको वास्तविक विकल्प हुन्। नितेश पौडेल त्यही विकल्पको प्रतिनिधित्व गर्छन्।

यसकारण, राष्ट्र, सुशासन, विकास र उज्यालो भविष्यको पक्षमा उभिन चाहने सबै आमा-बुवा, दाजुभाइ, दिदी–बहिनी तथा शुभेच्छुकहरूका लागि नितेश पौडेललाई जिताउनु केवल एउटा व्यक्तिलाई जिताउनु होइन, यो इमानदारी, परिवर्तन र आशालाई जिताउनु हो। आउँदो निर्वाचनमा तारा  चिन्हमा मतदान गरी नितेश पौडेललाई अत्यधिक मतका साथ विजयी गराऔँ, समृद्ध र स्वाभिमानी नेपालको यात्रामा एक सशक्त कदम अगाडि बढाऔँ।

झविलाल राहु मगर

Comments are closed

Related Post