Shopping cart

  • Home
  • समाज
  • काठमाडौंमा चल्न थाल्यो रात्रि बस, यस्तो छ रूट
अर्थ

काठमाडौंमा चल्न थाल्यो रात्रि बस, यस्तो छ रूट

Email :34

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरू गरिएको छ । साझा यातायातले मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन गरेको हो ।

पूर्व–पश्चिम रूटमा त्रिभुवन विमानस्थल (एयरपोर्ट) देखि थानकोटसम्म विभिन्न मुख्य स्थान हुँदै बस चल्नेछ । उत्तर–दक्षिण रूटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य छ ।

यात्रु सुरक्षाका लागि बसमा सिसिटिभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ । त्यस्तै प्रत्येक बसमा एक नगर प्रहरी उपस्थित हुनेछन् । साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको स्थिति हेर्न सकिनेछ ।

यो सेवा आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको काठमाडौं महानगरले जनाएको छ ।

यस्तो छ रुट:

Comments are closed

Related Post