Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेस अनुशासन समिति बैठक सोमबार अपराह्न ३ बजे
देश

कांग्रेस अनुशासन समिति बैठक सोमबार अपराह्न ३ बजे

Email :11

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ। सचिव दिनेश थापा मगरका अनुसार केन्द्रीय अनुशासन समितिको बैठक भोलि सोमबार बस्नेछ।

सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले बताए। यसअघिको अनुशासन समिति बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको थियो।

वैशाख २ गतेको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो। उनले अदालतको फैसला नआउन्जेल स्पष्टीकरण नदिने बताएका थिए।

अहिले अदालतको फैसला आएर तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति खड्काले दिएको रिट खारेज गरेको छ।

Comments are closed

Related Post