Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसले खटायो देशभर निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि
देश

कांग्रेसले खटायो देशभर निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि

Email :99

काठमाडौं  । नेपाली कांग्रेसले अवको एक महिनापछि अर्थात फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूको जीत सुनिश्चित गर्न केन्द्रीय नेताहरूलाई सबै निर्वाचन क्षेत्रमा केन्द्रीय  प्रतिनिधिको रुपमा खटाउने निर्णय गरेको छ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले नेताहरूलाई जिम्मेवारी दिएको अध्यक्ष गगनकुमार थापाको सचिवालयले जनाएको छ।
पार्टीले सातै प्रदेशका ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा पुग्ने गरी केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएको हो।

 प्रदेशको सूची

कोशी प्रदेश
ताप्लेजुङ, पाँचथर, इलाम र झापामा क्रमशः डा.डीला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा
संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी,
सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा —वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी

बागमती प्रदेश

धादिङ, रसुवा, नुवाकोट र काठमाडौंमा बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह के.सी., राजेन्द्रकुमार के.सी., प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधान
काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा – जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल
भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा – अर्जुननरसिंह के.सी., दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम

गण्डकी प्रदेश
पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङमा — चिनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर के.सी. र चिनु पोखरेल
स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा — धु्रव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल
गोरखा, लम्जुङ र तनहुँमा – अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश
रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा — डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह
कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पामा — कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्य
दाङ, बाँके र वर्दियामा — चन्द्रबहादुर के.सी., कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा वि.क.

कर्णाली प्रदेश
सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पामा — नारायण प्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर वि.क. र रंगमती शाही
दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लामा — जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र
कान्तिका सेजुवाल

सुदरपश्चिम प्रदेश
कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सीना
कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड
डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्ट

Comments are closed

Related Post