Email :92
काठमाडौं । नेपाली कांग्रेसका ५ जना प्रदेशसभापति र ४७ जना जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले विशेषको महाधिवेशनको तयारीमा नभई आमचुनावको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।
अन्य ५ प्रदेशसहित ४७ जिल्ला सभापतिहरू महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा उभिँदै वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने जनाएका हुन्।
महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट सुरु हुँदै छ। बाँकी ३० जिल्ला सभापति भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। विशेष महाधिवेशनको विपक्षमा उभिने सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा.शेखर कोइराला पक्षधर हुन्।
















Comments are closed