Shopping cart

  • Home
  • समाज
  • कस्तो रहला आज दिनभरको मौसम ?
देश

कस्तो रहला आज दिनभरको मौसम ?

Email :29

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहको छ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।

आज दिउँसो देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका समेत एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Comments are closed

Related Post