Email :76
राजु थापा
स्वास्तिकछापको नाममा घृणा नछरौँ, विवेक रोजिदिऔँ ॥१५॥
आकाश चिरेर झर्ने मिसाइलको बाटो छेकिदिऔँ ॥१५॥
उक्साहटका शब्दहरूले आगो नरोपून् भनी रोकिदिऔँ ॥१५॥
संयमको कलमले मतपत्र शान्तिमा लेखिदिऔँ ॥१५॥
हल्लाको हुरीले चेतना नउडाओस् भनी सोचिदिऔँ ॥१५॥
रगतको गणित होइन, जीवनकै मूल्य तोकिदिऔँ ॥१५॥
षड्यन्त्र बुन्ने हातहरू थाकून् भनी धैर्य दिऔँ ॥१५॥
मतको ढाल उठाऔँ, युद्धको छायाँ पन्छाइदिऔँ ॥१५॥
इतिहासले सोध्दा लाज नमानौँ, उत्तर राखिदिऔँ ॥१५॥
संयमतापूर्वक मत दिउँ—शान्तिको बाटो छानिदिऔँ ॥१५॥














Comments are closed