Shopping cart

  • Home
  • शिक्षा
  • कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी उपराष्ट्रपति यादव स्वदेश फिर्ता
अन्तर्राष्ट्रिय

कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी उपराष्ट्रपति यादव स्वदेश फिर्ता

Email :98
काठमाडौं –  उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कनुभएको छ । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर महामहिम शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न असार ३० गते मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यूले स्वागत गर्नुभयो । उक्त अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालस्थित कतारका महामहिम राजदूत मिशाल मोहम्मद अली अल अन्सारी तथा अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते बुधबार कतारका अमिर महामहिम शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

Comments are closed

Related Post