Shopping cart

  • Home
  • राजनिती
  • कञ्चनपुर–१ मा आशाको उज्यालो: बिना मगरप्रति बढ्दो भरोसा
देश

कञ्चनपुर–१ मा आशाको उज्यालो: बिना मगरप्रति बढ्दो भरोसा

Email :66

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार बिना मगरको पक्षमा चुनावी माहोल दिनप्रतिदिन सकारात्मक बन्दै गएको छ। जनयुद्धकालीन संघर्षबाट खारिएकी ‘जीवित सहिद’ को परिचय बोकेकी मगरले विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर सक्रिय भूमिका खेलेकी कारण मतदातामाझ विश्वासको आधार बलियो बनेको समर्थकहरू बताउँछन्।

राजनीतिक यात्राको प्रारम्भमै काठमाडौंस्थित सरस्वती क्याम्पसको अध्यक्षका रूपमा विद्यार्थी हकहितका सवाल उठाएकी उनले नेतृत्व क्षमता र संगठनात्मक दक्षताको उदाहरण प्रस्तुत गरेकी थिइन्। त्यसयता उनी निरन्तर जनताका मुद्दामा केन्द्रित हुँदै अघि बढ्दै आएकी छन्।

भूमि अधिकार मुख्य एजेण्डा

यसपटकको निर्वाचनमा मगरले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानलाई प्राथमिक एजेण्डा बनाएकी छिन्। वर्षौँदेखि बसोबास गर्दै आएका तर लालपूर्जा नपाएका नागरिकलाई “जहाँ बस्यो, त्यहीँ स्वामित्व” को नीतिअनुसार भूस्वामित्व सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। पूर्ण सुकुम्बासीका लागि सुरक्षित र उपयुक्त स्थानको व्यवस्थापन, राजस्व दरको वैज्ञानिक वर्गीकरण र गरिबमुखी नीति लागू गर्ने उनको योजना रहेको उनले जनसभामा बताउँदै आएकी छिन्।

सीमा क्षेत्रका नागरिकको सम्मान र सहजता

अन्तर्राष्ट्रिय सीमा जोडिएका क्षेत्रका बासिन्दाले भोग्दै आएको जग्गा स्वामित्व, बैंकिङ पहुँच र प्रशासनिक जटिलताका विषयमा पनि उनले स्पष्ट धारणा राखेकी छिन्। सीमा क्षेत्रका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने, बैंकिङ सेवा सहज बनाउने तथा समस्याको समाधानका लागि उच्चस्तरीय पहल गर्ने उनको अठोटले स्थानीयमा आशा जगाएको समर्थकहरूको भनाइ छ।

आरक्ष क्षेत्रका बासिन्दाका लागि नीति

आरक्ष क्षेत्रभित्र लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको उचित व्यवस्थापनका लागि विशेष नीति निर्माण आवश्यक रहेको बताउँदै मगरले राज्यबाट उपेक्षित समुदायलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। दिगो र मानवीय समाधानमार्फत उनीहरूको बसोबास सुरक्षित बनाउने उनको योजना छ।

संघर्षको मैदानबाट खारिएकी, विद्यार्थी आन्दोलनको नेतृत्व सम्हालेकी र आधारभूत अधिकारका मुद्दालाई केन्द्रीय एजेण्डा बनाएकी बिना मगरको उम्मेदवारीलाई नेकपाले परिवर्तनको निरन्तरता र स्थायित्वको आधारका रूपमा प्रस्तुत गरेको छ। अनुभव, स्पष्ट कार्ययोजना र जनताप्रतिको उत्तरदायित्व बोकेकी नेतृका रूपमा मगरलाई विजयी गराउनुपर्ने सन्देशसहित कञ्चनपुर–१ मा चुनावी अभियान तीव्र बनाइएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका जेनजी युवा, विद्यार्थीले यस पटकको निर्वाचनमा नेकपा उम्मेदवार बीना मगरलाई जिताउने उद्घोष गरेका छन ।

जेनजी युवा–विद्यार्थी नेकपामा प्रवेश

पुनर्वासका जेनजी लिडर सन्तोष पौडेलसहितका जेनजी युवा तथा विद्यार्थीहरूले नेकपा उम्मेदवार बीना मगरलाई विजयी गराउने उद्घोष गरेका छन्।null

 

पुनर्वासका नेकपा युवा नेता हिमेश थापाका अनुसार जेनजी लिडर पौडेलसहितका युवा–विद्यार्थीहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा उम्मेदवार बीना मगरले पौडेलसहित नवप्रवेशी युवा–विद्यार्थीलाई पार्टीमा स्वागत तथा सम्मान गरेकी थिइन्।

पुनर्वासका जेनजी युवा तथा विद्यार्थीहरूले युवा उम्मेदवार बीना मगरलाई विजयी गराउन पार्टी प्रवेश गरेको जनाउँदै थप युवालाई पनि पार्टीमा आबद्ध गराउने बताएका छन्। हालसम्म पार्टीमा प्रवेश नगरेका युवाहरू समेत मगरकै पक्षमा रहेको उनीहरूको दाबी छ। सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका गतिविधिमाथि कडा कारबाही गर्न सक्ने शक्ति नेकपा सरकारसँग मात्र रहेको विश्वास व्यक्त गर्दै जेनजी युवा पुस्ता नेकपा उम्मेदवारप्रति विश्वस्त बनेको बताएका छन्।

Comments are closed

Related Post