Shopping cart

  • Home
  • राजनिती
  • ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग
देश

ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग

Email :48

काठमाडौँ  । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको सहन्यायाधिवक्ता एवं कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।

आज जिल्ला अदालतमा जरुरी पक्राउ पुर्जीको समर्थन र १० दिनको म्याद थपका सम्बन्धमा दुई वटा निवेदन दर्ता भएको थियो ।

ओलीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।

आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ ।

Comments are closed

Related Post