Shopping cart

  • Home
  • समाज
  • ओलीको राजनीतिक भविष्य मरिचमानकै बाटोमा : नेता अर्याल
देश

ओलीको राजनीतिक भविष्य मरिचमानकै बाटोमा : नेता अर्याल

Email :62

काठमाडौं । नेकपा (संयुक्त) का नेता दामोदर अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान राजनीतिक परिस्थितिलाई पञ्चायत व्यवस्था ढलेपछिका तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको अवस्थासँग तुलना गरेका छन्।
अर्यालले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीको राजनीतिक भविष्य, उनका सहयोगीहरूको निर्भरता र समर्थकहरूको सम्भावित राजनीतिक गन्तव्यबारे व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
उनले पञ्चायत व्यवस्था अन्त्य भएपछि मरिचमान सिंहले राजनीतिक वास्तविकता स्वीकार गर्दै पुनः सक्रिय राजनीतिमा नफर्किएको प्रसङ्ग उल्लेख गरेका छन्। मरिचमानले बाँकी जीवन कुखुरापालन गरेर बिताएको उदाहरण दिँदै ओलीले पनि राजनीतिक यथार्थ स्वीकार गर्नुपर्ने आशय व्यक्त गरेका छन्।
अर्यालले ओलीलाई सत्य थाहा भए पनि स्वीकार गर्न कठिन हुने टिप्पणी गरेका छन्। उनका अनुसार ओलीको नेतृत्व र आश्रयमा आफ्नो स्वतन्त्र राजनीतिक अस्तित्व विकास गर्न नसकेका सहयोगीहरू अहिले गम्भीर संकटमा छन्। उनीहरूले ओलीको राजनीतिक विरासत जोगाउन जे पनि गर्नुपर्ने बाध्यतामा रहेको उनको व्यंग्य छ।
त्यस्तै, ओलीका हार्डकोर समर्थकहरू उनको राजनीतिक प्रभाव समाप्त भएपछि स्वतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर आकर्षित हुने अर्यालको आकलन छ। उनले रास्वपामा नयाँ प्रकारको देवत्वकरण र दासताको ठूलो राजनीतिक बजार खुल्ने टिप्पणीसमेत गरेका छन्।
आफ्नो स्टाटसको अन्त्यमा अर्यालले एउटा पुरानो उखान उद्धृत गर्दै राजनीतिक नेतृत्वप्रतिको अन्धसमर्थन र स्वार्थकेन्द्रित प्रवृत्तिमाथि कटाक्ष गरेका छन्।
अर्यालको यो टिप्पणीले पछिल्लो नेपाली राजनीतिमा नेतृत्वप्रतिको अन्धभक्ति, नेतामुखी राजनीतिक संस्कार र दलभित्र स्वतन्त्र वैचारिक अस्तित्वको संकटबारे नयाँ बहस सिर्जना गर्ने देखिन्छ।

 

Comments are closed

Related Post