Shopping cart

  • Home
  • राजनिती
  • एस पि पि ले देशलाई बर्बाद गर्छ: डा. डिला संग्रौला
देश

एस पि पि ले देशलाई बर्बाद गर्छ: डा. डिला संग्रौला

Email :114

काठमाडौं । हालै सम्पन्न निर्वाचनको परिणामले अपेक्षा विपरीत अवस्था सिर्जना गरेपछि विभिन्न राजनीतिक नेताहरूले आत्मालोचना, सुधार र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

डा. डिला संग्रौलाले निर्वाचन परिणामले कसैलाई पनि स्पष्ट दुईतिहाइ बहुमत नदिएको भन्दै जनताको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी संसदसम्म पुग्नु परिवर्तनको संकेत भएको उल्लेख गर्दै कमजोरीका कारण राजीनामा दिनेभन्दा आत्मालोचना गर्दै सडकबाट जनताको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनका अनुसार भ्रष्टाचार अन्त्य गर्न विशेष आयोग गठन गर्नुपर्छ र भएका सबै भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ। साथै किसानले मल सहज रूपमा पाउनुपर्ने र नेपाली नागरिक रोजगारीका लागि विदेशिन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले राजनीतिमा मूल्य, निष्ठा र जनताको चिन्ता भन्दा सत्ताको चिन्ताले प्राथमिकता पाउँदा मतदाताले परम्परागत चिन्हमा मतदान नगरेको उल्लेख गरिन्। लोकतन्त्रमा हार–जित स्वाभाविक रहेको बताउँदै उनले आफ्नो पराजय स्वीकार गरेको जनाइन्। गगन थापा व्यक्ति मात्र नभई विचार, संघर्ष र वर्तमान आवश्यकता भएको उनको भनाइ थियो। उनले एमाले र कांग्रेसको गठबन्धनले संविधान संशोधनको विषयलाई पनि अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

Comments are closed

Related Post