Shopping cart

  • Home
  • राजनिती
  • एमालेमै फर्किए ओखलढुँगाका सीताराम गुरुङ
देश

एमालेमै फर्किए ओखलढुँगाका सीताराम गुरुङ

Email :112

डेढ महिना अघि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका सीताराम गुरुङ पुनः नेकपा (एमाले) मा फर्किएका छन् । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका गुरुङले केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सिद्धिचरण नगरपालिका–४, रुम्जाटार निवासी गुरुङ गत पौष ७ गते नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को हातबाट सिन्दुर पहिरिएर पार्टीमा प्रवेश गरेका थिए ।

पार्टीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा नेकपा (एमाले) बाट विद्रोह गरेर आएका अम्बिरबाबु गुरुङलाई अघि सारेको निर्णयप्रति असहमति जनाउँदै आफू व्यवहारिक कारणले उक्त उम्मेदवारलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यही कारण देखाउँदै उनले पार्टीमा निरन्तर रहन नसक्ने निर्णय गरेको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

अम्बिरबाबु गुरुङ एमाले छाेडेर नेकपाबाट प्रतिनिधी समाकाे उम्मेदवार बनेपछी सिताराम पुन: एमालेमा फर्किएका हुन् ।

 

Comments are closed

Related Post