Shopping cart

  • Home
  • समाज
  • एमालेको मतदान २२ घण्टापछि सकियो, २ हजार २ सय २७ मत खस्यो
देश

एमालेको मतदान २२ घण्टापछि सकियो, २ हजार २ सय २७ मत खस्यो

Email :149

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ ।

 

निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।  काठमाडौँको भृकुटीमण्डपमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो।

एमालेको १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवारले प्रतिस्पर्धामा छन्।

Comments are closed

Related Post