काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको लागि ६ माघमा प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन गराएका छन् । निर्वाचन आयोगको तालिका अनुसार ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ ।
आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१६ बमोजिम उजुरी दिन सकिनेछ । कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाई सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ ।
निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाण सहित उपस्थित हुनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ र यसरी सूचना प्रकाशन भए पछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिनेछ ।














Comments are closed