Shopping cart

  • Home
  • समाज
  • उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ
अर्थ

उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

Email :31

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष  गोल्छालाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले  पुष्टि गरे ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले प्रस्ट पारेको छ ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई आज नक्सालबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको ब्युरोले बताएको छ ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।

भट्टलाई गैरकानूनी काम गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रि(इन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई कारबाहीको दायरामा ल्याउन धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनले सिफारिस गरेको थियो ।

Comments are closed

Related Post